SKIP THIS

NCELL

झण्डै ४१ अर्बले बढ्यो निष्क्रिय कर्जा

काठमाडौं । वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा करिब ४१ अर्ब रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०/८१ मा बैंकहरूको निष्क्रिय कर्जा ०.७८ प्रतिशत अर्थात् ४० अर्ब ९२ करोड ४६ लाख ६ हजार रुपैयाँले बढेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा बैंकहरूले कुल ४५ खर्ब ६० अर्ब ५८ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा निष्क्रिय कर्जाको अंश १ खर्ब ७१ अर्ब ४७ करोड ८१ लाख ८ हजार रुपैयाँ रहेको छ ।

अघिल्लो आर्थिक वर्षमा बैंकहरुको निष्क्रिय कर्जा १ खर्ब ३० अर्ब ५५ करोड तीन लाख ५० हजार रुपैयाँ रहेको थियो भने उक्त वर्ष ४३ खर्ब ८० अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह गरिएको थियो । यता एक वर्षमा वाणिज्य बैंकहरूले प्रवाह गरेको कर्जा १ खर्ब ७९ अर्ब ५९ करोड ८० लाख रुपैयाँले बढेको छ ।

बैंकहरूले प्रवाह गरेको कर्जाको आधारमा सबैभन्दा धेरै निष्क्रिय कर्जा कुमारी बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको छ रहेको छ भने सबैभन्दा एभरेष्ट बैंकको छ । कुमारी बैंकको ४.९५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४.९५ प्रतिशत र एभरेष्ट बैंकको ०.७१ प्रतिशत देखिएको छ । उक्तल बैंकहरुको अघिल्लो आर्थिक वर्षमा निष्क्रिय कर्जा क्रमशः ४.९६ प्रतिशत र ४.५४ प्रतिशत र ०. ७९ प्रतिशत थियो ।

गत आर्थिक वर्षमा हिमालयनको ४.९१ प्रतिशत, प्रभुको ४.७८ प्रतिशत र लक्ष्मी सनराइजको ४.७२ निष्क्रिय कर्जा रहेको छ । उक्त बैंकहरुको अघिल्लो आर्थिक वर्षमा निष्क्रिय कर्जा क्रमशः ४.९३ प्रतिशत, ४.९८ प्रतिशत र २.९१ प्रतिशत थियो । प्राइम कमर्सियलको ४.६७ प्रतिशत, ग्लोबल आईएमईको ४.३७ प्रतिशत र सिटिजन्स बैंक इन्टरनेसनलको ४.०७ प्रतिशत निष्क्रिय कर्जा रहेको थियो भने उक्त बैंकहरुको अघिल्लो आर्थिक वर्षमा क्रमशः ४.८५, ३.१५ र ३.३९ प्रतिशत निष्क्रिय कर्जा रहेको थियो ।

राष्ट्रिय वाणिज्य बैंकको ३.६५ प्रतिशत, कृषि विकास बैंकको ३.४४ प्रतिशत र एनआईसी एसिया बैंकको ३.४१ प्रतिशत निष्क्रिय कर्जा रहेको थियो अघिल्लो आर्थिक वर्षमा उक्त बैंकहरूको निष्क्रिय कर्जा क्रमशः ३.७७ प्रतिशत, २.७८ प्रतिशत र ०.६८ प्रतिशत थियो । नबिल बैंकको ३.३९ प्रतिशत, नेपाल बैंकको ३.२८ प्रतिशत र एनएमबी बैंकको ३.२७ प्रतिशत निष्क्रिय कर्जा रहेकोमा उक्त बैंकहरुको अघिल्लो आर्थिक वर्षमा क्रमशः ३.३९ प्रतिशत, २.८५ प्रतिशत र २.७५ प्रतिशत थियो ।

स्टान्डर्ड चार्टडको २.४४ प्रतिशत, नेपाल एसबीआईको २.४३ प्रतिशत र माछापुच्छे« बैंकको २.२६ प्रतिशत निष्क्रिय कर्जा रहेको थियो भने उक्त बैंकहरुको अघिल्लो आर्थिक वर्षमा क्रमशः १.१८ प्रतिशत, २.४३ प्रतिशत र २.२६ प्रतिशत थियो । सिद्धार्थ बैंकको २.२२ प्रतिशत र सानिमा बैंकको १.७३ प्रतिशत निष्क्रिय कर्जा रहेकोमा उक्त बैंकहरुको अघिल्लो आर्थिक वर्षमा क्रमशः २.०१ र १.३१ प्रतिशत निष्क्रिय कर्जा रहेको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार