SKIP THIS

NCELL

कास्यपदक विजेता गोवर्धनले कर नकटाइ रु ६५ लाख पुरस्कार पाउने

काठमाडौं । पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने खेलाडी पलेशा गोवर्धनलाई सरकार दिने  पुरस्कारको रकममा  कर नकटाइ रु ६५ लाख राशीको पुरस्कार दिने भएको छ ।

पलेशालाई बधाई तथा सम्मान गर्न बालुवाटारामा आयोजित कार्यक्रममा ओलीले पुरस्कारमा कर नलगाइ रु ६५ लाख नै दिने स्पष्ट पारेका हुन् । पेरिस पारालिम्पिक २०२४ अन्तर्गत यही भदौ १४ गते सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन् । उनी पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी हुन् ।

प्रधानमन्त्री ओलीले नेपालबाट कुनै पनि खेलाडीको टोली विश्वस्तरको प्रतिस्पर्धामा जाँदा खेलाडीले केही दिन्छन् कि, केही लिएर आउँछन् कि भनेर आँखा त्यतातिर लगाएर र कान थापेर बस्ने गरेको बताए । “नेपालीले मौका पाएपछि गर्छ भनेर मैले भन्दै आएको छु । यस पटक हामीले पारा ओलम्पिकमा उपस्थिति मात्र होइन, हस्तक्षेप र दख्खल दिएका छौँ । पलेशाको जित नेपालीको जित हो । यसले औधी खुसी तुल्याएको छ । नेपालको इज्जत बढाएको छ ।’’, उनले भने , “यो कीर्तिमान इतिहासमा लेखिनेछ । हामीले पुराना कीतिमानहरु तोड्दै जानुपर्छ । एउटै रेकर्डमा चित्त बुझाएर बस्नु हुँदैन । हाम्रो कीर्तिमानको यात्रा सुरु भएको छ ।’’

सो अवसरमा उक्त खेलका प्रशिक्षक,व्यवस्थापक र सहभागी खेलाडीलाई पनि प्रधानमन्त्री ले सम्मान गरेका थिए ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार