आज चारओटा संसदीय समितिको वैठक बस्दै

काठमाडौं । संघिय संसद अन्तर्गतका चार संसदीय समितिको बैठक आज  बस्दैछ । अर्थ समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा अर्थमन्त्रीको उपस्थितीमा  बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुनेछ । त्यस्तै विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ  बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ बजे बस्नेछ वैठकमा  समितिको पाँचौ वार्षिक प्रतिवेदन माथि छलफल हुनेछ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि  छलफल गर्ने पस्ताव रहेको छ  ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार