SKIP THIS

NCELL

एकसाथ दुई बर्षको वार्षिक साधारणसभा गर्दै मोलुङ्ग हाइड्रो, नयाँ सञ्चालक समिति गठन गर्ने

काठमाडौं । मोलुङ्ग हाईड्रोपावर कम्पनी लिमिटेडले आ.व.२०७९/०८०२२०८०/०८१ को १४औं र १५ औं वार्षिक साधारण सभा २०८१ साल असोज १८ गते शुक्रबार बाघभैरव ब्याङक्वेट, नगाउँ दोबाटो, कीर्तिपुर, काठमाडौंमा बिहान ९:०० बजेलाइ बोलाएको छ ।

साधारणसभाले संस्थापक समूहमा ४ जना तथा सर्वसाधारण समूहमा २ जना गरी ६ जना सञ्चालक समिति निर्वाचित गर्नेछ ।

वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वित्तीय विवरण सहितको आ.व. २०७२/०८० २०८०/०८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आ.व. २०७९/०८० २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन र सोही आ.व. को वार्षिक वित्तीय विवरण अन्तर्गत वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्वीटीमा भएको परिवर्तन र सोसँग सम्बन्धित सम्पूर्ण अनुसुचिहरू अनुमोदन गर्ने,कम्पनी ऐन, २०६३ को दफा ११३ बमोजिम कम्पनी रजिष्ट्रारको कार्यालयबाट Dev Associates, Chartered Accountants लाई आ.व. २०८०/०८१ को लागि लेखापरीक्षकमा नियुक्ति गरी निजको पारिश्रमिक तोकेको हुँदा सोलाई अनुमोदन गर्ने, आ.व. २०८१/०८२ को लेखापरीक्षण गर्न कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने,बिषयमा छलफल गरी पारित गर्ने छ

कम्पनीको साधारनसभामा  विशेष प्रस्तावको रुपमा प्रबन्ध पत्रको दफा ६ को घ, ङ, च, छ संशोधन गर्ने,नियमावलीको नियम २७ को उपनियम ४ पछि ५ थप गर्ने,कम्पनीले उपयोग गरिरहेको कर्जा सुविधा कम व्याजदर भएको बैंक तथा वित्तीय संस्थासँग सम्झौता गरी कर्जा स्वाप (Loan Swap) गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने,संस्थापक समूहबाट ४ र सर्वसाधारण समूहबाट १ महिला सहित २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव रहेको छ ।

वार्षिक साधारण सभा सम्बन्धी सामान्य जानकारीहरू :

वार्षिक साधारण सभामा भाग लिने र सञ्चालक निर्वाचनमा मतदान गर्ने प्रयोजनका लागि मिति २०८१ असोज १ गते गते बुधबार एक दिन शेयर दाखिल खारेज कार्य बन्द हुनेछ । साधारणसभामा असोज १ गते सम्म कायम शेयरधनीले मात्र सहभागी हुयन पाउनेछन् ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार