CLI

कुमारी बैङ्कको तिजको शुभकामना, महिला रेमिष्यान्स खातामा क्यास ब्याक

काठमाडौं । कुमारी बैंकले  तीजको अबसरमा  कुमारी  बैंकमा रेमिष्यान्स प्राप्त हुने गरि खोलिएका महिला खातावालालाई तीजको उपहारको रुपमा  क्यास ब्याक योजना ल्याएको छ  ।

कुमारी बैंकले विदेशबाट रेमिष्यान्स प्राप्त हुने गरि खोलिएका महिला लाभग्राहीहरुका खाताहरुबाट डेबिट-क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत रकम भूक्तानी गर्दा भाद्र २० देखि २६ गते सम्म प्रत्येक दिन २५ सेवाग्राहीलाई रु.१०० एक सय मात्र को क्यास ब्याक योजना संचालनमा ल्याएको छ । यस योजनाबाट सेवाग्राहिहरुको बिधुतिय भूक्तानी प्रयोगमा टेवा पूग्ने विश्वास बैंकले लिएको छ ।

विगत २३ वर्ष देखि निरन्तर बितिय साक्षरता प्रर्वधन गर्दै बैंकिङ्ग सेवा दिदैं आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

 

Leave Your Comment

Related News