SKIP THIS

NCELL

नेप्से २७२७ विन्दुमा झर्यो, साढे ९ अर्बमा सीमित कारोबार रकम

काठमाडौं । शेयर बजार आज पनि ओरालो लागेको छ । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक १२.१० अंकले घटेर २७२७.३६ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.३५ अंकले घटेर ४८६.३६ विन्दुमा पुगेर बन्द भएको हो ।

बुधबारको तुलनामा बिहीबार कारोबार रकम ३ अर्ब २७ करोड ४१ लाख ७५ हजार रुपैयाँले घटेको छ । बिहीबार ३१६ वटा कम्पनीको २ करोड १ लाख ५३ हजार ९९३ कित्ता शेयर किनबेच हुदाँ कारोबार रकम ९ अर्ब ६५ करोड १५ लाख १३ हजार रुपैयाँ रह्यो । बुधबार ३२० कम्पनीको १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार रुपैयाँ कारोबार भएको थियो ।

१३ वटा समूह सूचक मध्ये २ वटा समूहको शेयर मूल्य बढ्दा बाँकी ११ वटा शेयरको मूल्य घटेको छ । लघवित्तको ८६.४१ र व्यापार ६.३७ अंकले बढ्दा बैकिङ १०.६९, विकास बैंक ७.३७, वित्त १८.६९ , होटल र पर्यटन ८.३८, जलविद्युत ३४.१३, लगानी १.५१ , जीवन बीमा १०२.२६, उत्पादन र प्रशोधन २४.१४, म्युअुचल फण्ड ०.१२, निर्जीवन बीमा ७२.३७ र अन्य समूह ०.२३ अंकले घटेको हो ।

बिहीबार सबैभन्दा बढी कारोबार हुनेमा नेपाल फाइनान्स, एनएलजी इन्स्योरेन्स कम्पनी, गुडवील फाइनान्स, हिमालयन रिइन्स्योरेन्स लिमिटेड र अपि पावर कम्पनी रह्यो । नेपाल फाइनान्सको ४० करोड ५० लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीको ३४ करोड २२ लाख रुपैयाँ, गुडवील फाइनान्सको २९ करोड ९६ लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेन्स लिमिटेडको २९ करोड ४ लाख रुपैयाँ र अपि पावर कम्पनीको २२ करोड ६१ लाख रुपैयाँ कारोबार रकम रह्यो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार