एनपीएलका ८ फ्रेन्चाइज छनौट, कसले कतिमा पाए ?

काठमाडौं । नेपाल क्रिकटे संघको आयोजनामा २०२४ नोभेम्वर ३० देखि डिसेम्वर २१ सम्म काठमाडौंमा हुने नेपाल प्रिमियर लिगमा सहाभागी हुने फ्नचाइज टिम छनौट भएका छन् । फेनडाइजको टुंगो बिडिङ्ग मार्फत भएको हो । बिडिङ्ग मार्फत छनौट भएका फेन्चाइजमा काठमाडौंमा  कान्तिपुरले, पोखरालाई पोखरा एभेन्जर्सले पाएको छ भने चितवनलाई  चितवन मेडिकल कलेजले पाएको छ ।

यस्तै लुम्बिनीलाई फर्चुन हेल्थ केयर, विराटनगरलाई म्याड ड्रिम्स स्पोर्टसले, जनकपुरलाई ड्रिम स्पोर्टसले, कर्णालीलाई हिमालय बिल्डर्स र सुदुर पश्चिमलाई एम्पायर स्पोर्टसले पाएका छन् ।

एक करोड ५० लाख बेस प्राइस तोकिएकोमा  काठमाडौंलाई कान्तिपुर मिडिया ग्रुपले ३ करोड ३३ लाखमा प्रापत गरेको  छ ।

एक करोड ३० लाख रुपैयाँ बेस प्राइस तोकिएको नेपाल टी २० प्रा.लिले पोखरा ३ करोड ५७ लाखमा लिएको छ ।

एक करोड २० लाख बेस प्राइस तोकिएको चितवनलाई चितवन मेडिकल कलेजले एक करोड ७६ लाखमा किनेको छ ।

एक करोड २० लाख बेस प्राइस तोकिएको लुम्बिनीमा फर्चुना हेल्थ केयरले एक करोड ८६ लाखमा लिएको छ ।

एक करोड बेस प्राइस तोकिएको जनकपुर २ करोड ५ लाखमा विक्री भयो । एक एक लाख बेस प्राइस भएका कर्णाली एक करोड ११ लाख र सुदुर पश्चिम एक करोड ६८ लाख ८ हजार ८८ मा विक्री भएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार