दुर्घटना बीमा निर्देशिका २०७८ संशोधन, अभिकर्ता बिना सामूहिक दुर्घटना बीमा गर्दा पाँच प्रतिशत रकम छुट पाइने

काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणकाले दुर्घटना बीमा निर्देशिका, २०७८ (प्रथम संशोधन गरेको छ। भदौ २ गतेदेखि लागू हुने गरी दुर्घटना बीमा निर्देशिका, २०७८ संशोधन गरिएको हो ।

संशोधित व्यवस्था अनुसार बीमा कम्पनीहरुले सामूहिक दर्घटना बीमामा अभिकर्ता प्रयोग नगरी गरिएको बीमा अभिकर्ता कमिशन बराबरको रवक वा पाँच प्रतिशत रकमसम्म छुट प्रदान गर्न सकिने व्यवस्था गरिएको छ।

दुर्घटना बीमा निर्देशिका, २०७८ को दफा १६ मा संशोधन: दुर्घटना बीमा निर्देशिका, २०७८ को दफा १६ मा उपदफ (३) थप गरिएको छ ।

दफा १६ उप दफा ३ मा सामूहिक दुर्घटना बीमादर: (३) सामूहिक दर्घटना बीमा अन्तर्गत जारी गरिने बीमालेखमा बीमा अभिकर्ताको प्रयोग नगरी प्रत्यक्ष बीमालेख बिक्री गरिएको अवस्थामा हुलदङ्गा तथा आतङ्कवाद जोखिमको बीमाशुल्क बाहेक अन्य अन्य बीमा शूलकमा बढीमा अभिकर्ता कमिशन बराबरको रकम वा पाँच प्रतिशत रकम छुट प्रदान गर्न सकिने व्यवस्था गरिएको छ।

यस्तै निर्देशिकाको अनुसूची २ को दफा ९ पनि संशोधन गरिएको छ। उपदफा १ मा दुर्घटनाको कारणबाट बीमितको औषधी उपचार गर्दा खर्च भएमा बीमकले बीमाङ्क रकम वा एक लाख रुपैयाँ वा बिल भर्पाई जुन कम हुन्छ सो अनुसार सोधभार्ना दिनुपर्नेछ ।

(२) उपदफा (१) बमोजिम औषधी उपचार वापत दिइएको सोधभर्ना रकम बीमाङ्क रकममा थप हुनेछ र निर्देशिकाको अनुसूची २ को दफा ५, ६, ७ र ८ बमोजिम उपचार गराउँदा गराउँदैको अवस्थामा बीमितको मुत्यू भएमा समेत सो बराबरको रकम सक्कल बिल भरपाई बमोजिम बीमकले सोधभर्ना दिनुपर्नेछ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार