SKIP THIS

NCELL

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा दिपक जोसी नियुक्त

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दीपकराज जोशी नियुक्त भएका छन्। बिहीबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले जोशीलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

जोशी यसअघि पनि पर्यटन बोर्डको  सीईओको भएर काम गरेका ब्यक्ति हुन्   । सिइओको कार्यकाल सकाएर उनी केही समय अघि सम्म नेपाल उधोग परिसघंको महानिर्देशक भएर काम गरेका थिए । त्याहाबाट केही समय अघि उनले राजीनाम दिएर बाहिरिएका छन् ।  रेग्मीको कार्यकाल २०८० माघ १४ मा सकिएपछि पर्यटन बोर्ड सिइओ बिहिन थियो ।

बोर्डले कार्यकारी प्रमुख छनौट सिफारिस गर्न बोर्ड सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव इन्दु घिमिरे संयोजक रहेको तीन सदस्यीय उपसमिति गठन गरेको थियो।

उपसमितिले अन्तिम १४ जना उम्मेदवारमध्येबाट बिहीबार जोशीसहित रेग्मी र ज्ञानेश्वर सिंह महतो गरी तीन जनाको नाम सिफारिस गरेको थियो।

सीइओ नियुक्त गर्न तत्कालीन पर्यटन सचिव दिपक काफ्ले अध्यक्ष रहेको सञ्चालक समितिले ०८० चैत २४ मा सीइओकालागि दर्खास्त आह्वान गरेको थियो।

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार