SKIP THIS

NCELL

बैंकहरुको कर्जा करिब ४६ खर्ब, कुनको कति?

काठमाडौं । वाणिज्य बैंकहरुको कर्जा प्रवाह झण्डै पौने ४६ खर्ब रुपैयाँ रहेको छ । राष्ट्र बैंकका अनुसार मुलुकमा सञ्चालनमा रहेको २० वटा वाणिज्य बैंकहरुले गत आर्थिक वर्षमा ४५ खर्ब ६९ अर्ब ७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जुन अघिल्लो आर्थिक वर्ष भन्दा ५.८७ प्रतिशतले बढी हो । सो वर्ष ४३ खर्ब १५ अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह गरिएको थियो ।

सबैभन्दा बढी कर्जा प्रवाह गर्नेमा नबिल बैंक लिमिटेड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र राष्ट्रिय वाणिज्य बैंकले कर्जा प्रवाह गरेको छ । समीक्षा अवधिमा नबिल बैंक लिमिटेडले ३ खर्ब ८८ अर्ब ३६ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ खर्ब २८ अर्ब ८६ करोड रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंक २ खर्ब ६१ अर्ब ७९ करोड रुपैयाँ र नेपाल बैंक लिमिटेडले २ खर्ब ७ अर्ब ९६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । कृषि विकास बैंकले २ खर्ब ६ अर्ब ६७ करोड रुपैयाँ, स्टान्डर्ड चार्टर बैंकले ८९ अर्ब ७३ करोड रुपैयाँ, हिमालयन बैंकले २ खर्ब ४७ अर्ब १० करोड रुपैयाँ, नेपाल एसबीआइ बैंकले १ खर्ब ३२ अर्ब ९६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

त्यस्तै गत आर्थिक वर्षमा एनआइसी एसिया बैंकले २ खर्ब ८५ अर्ब ३३ करोड रुपैयाँ, कुमारी बैंकले २ खर्ब ९३ अर्ब ४१ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकले २ खर्ब ५८ अर्ब ५० करोड रुपैयाँ, सिद्र्धाथ बैंकले २ खर्ब ३ अर्ब ५६ करोड रुपैयाँ एनएमबी बैंकले २ खर्ब ४ अर्ब ६० करोड रुपैयाँ र प्रभु बैंकले २ खर्ब ३४ अर्ब ४९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । साथै समीक्षा अवधिमा ग्लोबल आइएमइ बैंकले ३ खर्ब ९० अर्ब ७६ करोड रुपैयाँ , सिटिजन्स बैंकले १ खर्ब ५७ अर्ब ५८ करोड रुपैयाँ,प्राइम कर्मसियल बैंकले १ खर्ब ९३ अर्ब ९२ करोड रुपैयाँ, माछापुच्छछे बैंकले १ खर्ब ३१ अर्ब १२ करोड रुपैयाँ, सानिमा बैंकले १ खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ र एभरेष्ट बैंकले १ खर्ब ८६ अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

वाणिज्य बैंकहरुले निजी क्षेत्रमा प्रवाह गर्ने कर्जाको आकार ठूलो हुने गरेको छ ।वाणिज्य बैंकहरुले निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश बढ्दै गएको बैंकहरु बताउछन् । यसका साथै बैंकहरुले कर्जामध्ये कृषि क्षेत्र, औद्योगिक उत्पादन क्षेत्र, निर्माण क्षेत्र, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्र, थोक तथा खुद्रा व्यापार क्षेत्र, सेवा उद्योग क्षेत्र र उपभोग्य क्षेत्रतर्फ पनि ठूलो मात्रमा कर्जा प्रवाह गर्दै आएका छन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार