SKIP THIS

NCELL

दुग्ध किसानले भुक्तानी पाउने, दुग्ध विकास संस्थानले पायो सरकारबाट ६० करोड ऋण

काठमाडौं । सरकारले दुग्ध विकास संस्थान (डिडिसी)लाई ऋण स्वरुप ६० करोड रुपैया दिने भएको छ । मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले दुग्ध किसानको बक्यौता रकम तिर्ने सर्तसहित ६० करोड ऋण दिने प्रस्ताव स्वीकृत गरेको हो ।

केही समय अघि नेपाल दुग्ध संस्थाललाई ६० करोड  किसानको बस्यौता तिर्ने सर्तमा ऋण दिन अर्थ मन्तालयले सहमति प्रदान गरेको थियो ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दूध किसानको बाँकी रकम दसैँअघि नै भुक्तानी गर्ने प्रतिबद्धता जनाउँदै आएका थिए ।

डिडिसीले यो रकम तत्कालका लागि किसानलाई दूधको बाँकी रकम भुक्तानीमा प्रयोग गर्नुपर्नेछ । चालु आर्थिक वर्षका लागि डिडिसीका नाममा ऋण लगानीअन्तर्गत एक करोड बजेट व्यवस्था भएकामा कृषि मन्त्रालयमा विनियोजित रकमबाट थप ५९ करोड रकमान्तर गरी कुल ६० करोड ऋण लगानी गर्नेगरी मन्त्रिपरिषद् प्रस्ताव पेस गर्न सहमति दिइएको हो ।

मन्त्री परिषदको निर्णयका आधारमा अर्थले कृषि तथा पशुपन्छी विकास मन्त्रालय मार्फत नेपाल दुग्ध संस्थानमा किसानको बक्यौता तिर्न  रकम उपलब्ध गराउने छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार