SKIP THIS

NCELL

अब चल्ने भयो टिकटक, प्रतिबन्ध फुकुवा गर्न नियामकको निर्देशन

काठमाडौं । टिकटक माथिको प्रतिबन्ध हटाउन नियामक नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई निर्देशन दिएको छ। प्राधिकरणको निर्देशनसँगै अब इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकको सेवामा टिकटक माथिको रोक हटाउने छन्।

सरकारले गत भदौ १६ गते टिकटकको प्रयोगमा लगाईएको प्रतिबन्ध हटाउको थियो।

सामाजिक सद्भावमा खलल पुर्याएको भन्दौ सरकारले गत वर्ष कार्तिक अन्तिम साता टिकटक माथि प्रतिबन्ध लगाएको थियो। अहिले सरकारले टिकटकको प्रतिबन्ध हटाएसँगै प्राधिकरणले टिकटकमा लगाईएको रोक हटाउन सेवा प्रदायकहरुलाई निर्देशन दिएको हो।

प्राधिकरणको सूचनामा भनिएको छ, ‘नेपाल सरकार, मन्त्रिपरिषद्को २०८१/०५/०६ गतेको बैठकबाट सामाजिक संजालको रुपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाईएको रोक हटाउने निर्णय भएको हुँदा अर्को निर्णय नहुँदासम्मको लागि टिकटकमा लगाईएको रोक हटाउन दूरसंचार एने, २०५३ को दफा १५ ले दिइएको अधिकार प्रयोग गरी सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायकहरु र मोबाइल सेवा प्रदायकहरुलाई प्राधिकरणबाट निर्देशन जारी गरिएको छ।’

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार