मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए एमबिबिएस अध्यापन अनुमति

काठमाडौं ।

 

चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस) का लागि ५० सिट निर्धारण गरेको छ । यससँगै मधेस प्रदेशमा पहिलोपटक सरकारी तहमा चिकित्साशास्त्रतर्फ उच्च शिक्षाको अध्यापन सुरु हुनेछ ।

मधेस प्रदेश सरकारका मुख्यमन्त्री एवं प्रतिष्ठानका कुलपति सतिशकुमार सिंहले कार्यकालको पहिलो दिन नै प्रतिष्ठानमा एमबिबिएसको अध्यापन चाँडै सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको गरेका थिए । उनले मधेस प्रदेशमा सरकारी तहमा चिकित्साशास्त्रको उच्च शिक्षाको लागि उच्च प्राथमिकताका साथ नीति तथा कार्यक्रममा समेटेका थिए ।

उनले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि अध्यापन अनुमति लिन  सम्बद्ध पदाधिकारीसँग लगातार आवश्यक पूर्वाधारलगायत मापदण्ड पूरा भएकाले प्रतिष्ठानलाई एमबिबिएस पढाइका लागि तत्काल सिट संङ्ख्या निर्धारण गर्न अनुरोध गरेका थिए ।

प्रतिष्ठानले यो बर्ष  प्राप्त  गरेको ५० सिटमध्ये ७५ प्रतिशतमा विद्यार्थीले पूर्ण छात्रवृत्तिमा एमबिबिएस पढ्न पाउनेछन् ।

यो संगै सरकारले राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानलाई पनि चिकित्सा चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस) का लागि ५० सिट निर्धारण गरेको छ । सरकारले मधेश प्रसेश र लुम्वीनी प्रसेशमा सरकारी तवरबाट चिकित्सा शास्त्र स्नातक अध्यापन सुरु गर्ने छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार