SKIP THIS

NCELL

दुर्गा प्रसाईको बीएन्डसी मेडिकल कलेजले पायो एमबिबिएस पढाउन अनुमति

काठमाडौं । दुर्गा प्रसाईकोबीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रा.लिले चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस)मा ५० जना विद्यार्थी अध्यापन गराउने अनुमति पाएको छ  ।

चिकित्सा शिक्षा आयोगले यो बर्षमा  वर्षमा ५० जना विद्यार्थी पढाउन पाउनेगरी सिट निर्धारण गरेको हो  । आयोगले शुक्रबार नै सिट निर्धारणबारेमा सार्वजनिक सूचना जारी गरिसकेको छ ।

विर्तामोड नगरपालिका वडा नं. ५ विर्तामोडमा चिकित्साशास्त्रको स्नातक तहमा अध्यापन गराउने उद्देश्यले विसं २०७१ फागुन १८ गतेदेखि ३०० शय्याको अस्पतालसहित बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालि सञ्चालनमा आएको थियो ।

नेपाल सरकारबाट वि.सं. २०६४ सालमै मनसाय पत्र प्राप्त गरेपनि एमबीबीएसका विद्यार्थी पढाउनका लागि सम्पूर्ण पूर्वाधार स्थापना गरिसकेपछि पनि अध्यापनको स्वीकृति पाउन लामो समय कुराइमा परेको थियो ।

बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च  प्रा लि लाई सर्वोच्च अदालतले सम्वन्धन दिन  विसं २०८० चैत्र १३ मा परमादेश दिएको थियो  । सोही परमादेशका आधारमा काठमाडौं युनिभर्सिटीबाट  सम्बन्धन प्रापत गरेको हो ।

बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिका छिट्टै एमबीबीएसका विद्यार्थीको भर्ना र पठनपाठन सुरु हुने बताएको छ।

बीएन्डसी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर अस्पतालमा लगभग दुई हजार नागरिक प्रत्यक्ष रोजगारी पाएका छन् ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार