SKIP THIS

NCELL

हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्टको १ करोड ६८ लाख शेयर सूचीकृत

काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले १ करोड ६८ लाख ५९ हजार ५० कित्ता शेयर सूचीकृत गराएको छ ।

कम्पनीले अवितरित उल्लेखित कित्ता हकप्रद शेयर साउन २९ गतेदेखि भदौ ६ गतेसम्म विक्री खुला गरी भदौ १२ गते बाँडफाँट गरेको थियो । प्रतिकित्ता १३५ रुपैयाँ कटअफ मूल्यका आधारमा बाँडफाँट गरिएको उक्त शेयर एक साताभित्रै भदौ १९ गते दोस्रो बजारमा सूचीकृत भएको हो ।

कम्पनीले संस्थापक समूह ‘क’ उपसमूह क–२ को अन्य संस्थापकअन्तर्गत रहने गरी यी शेयर विक्री गरेको हो । यी शेयर विक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले पूरा गरेको छ ।

यो शेयर थपिएसँगै दोस्रो बजारमा कम्पनीको सूचीकृत शेयरको संख्या २४ करोड ५५ लाख ९८ हजार १३४ कित्ता कायम भएको छ । बुधवार कम्पनीको कुल बजार पूँजीकरण ७१ अर्ब ४६ करोड ९० लाख ५६ हजार रुपैयाँ कायम भएको छ । यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता २९१ रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिनभन्दा यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता १४ रुपैयाँले घटेको हो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार