SKIP THIS

NCELL

आइतबार पनि बैंकिङ कसुर विधेयकमाथि अर्थ समितिमा छलफल हुदै

काठमाडौं । संघीय संसद, प्रतिनिधिसभा, अर्थ समितिको बैठक आइतबार बस्ने भएको छ ।

आइतबार सिंहदरबारस्थित अर्थ समितिको बैठक कक्षमा बस्ने सो बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

बैठक बिहान ११ बजे बस्न लागेको हो । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० का साथै अन्य विविध विषयमा छलफल हुने समिति सचिवालयले जानकारी दिएको छ ।

यसअघि मंगलबार र बिहीबार सो विषयमा छलफलका लागि बैठक बसेको थियो ।

त्यसैगरी, प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजे तथा राष्ट्रियसभाको बैठक मङ्गलबार बस्ने भएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार