SKIP THIS

NCELL

साताको शेयर बजार : कारोबार रकम र बजार पूँजीकरण रकम दुवै घट्यो

काठमाडौं । यो साता शेयर बजार १ दिन बढेर ४ दिन घट्दा कारोबार रकम र बजार पूँजीकरण रकम समेत घट्न पुगेको छ । अघिल्लो साताको तुलनामा यो साता शेयर बजारमा कारोबार रकम ४ अर्ब ५८ करोड ३३ लाख रुपैयाँले र बजार पूँजीकरण रकम ३० अर्ब ३८ करोड ६६ लाख रुपैयाँले घटेको छ ।

यो साता कारोबार रकम ५९ अर्ब ७७ करोड ७६ लाख रुपैयाँमा सिमित हुदाँ अघिल्लो साता भने कारोबार रकम ६४ अर्ब ३६ करोड ९ लाख रुपैयाँ रहेको थियो । यो साता बजार पूँजीकरण रकम ४३ खर्ब ३६ अर्ब ४९ करोड ९४ लाख रुपैयाँ हुदाँ अघिल्लो साता बजार पूँजीकरण रकम ४३ खर्ब ६६ अर्ब ८८ करोड ६० लाख रुपैयाँ रहेको थियो ।

कारोबार रकम र कुल बजार पूँजीकरण रकममा कमी आउँदा कारोबार कित्ता समेत प्रभावित बनेको अर्थात् घटेको छ । अघिल्लो साताको तुलनामा यो साता कारोबार कित्ता १ करोड ५० लाख ९४ हजार २४७ ले घटेको हो । यो साता १३ करोड ४८ लाख १४ हजार कारोबार शेयर कित्ता हुदाँ गत साता १४ करोड ९९ लाख ८ हजार कारोबार शेयर कित्ता रहेको थियो । अघिल्लो साताको तुलनामा नेप्से परिसूचक २२.२१ अंकले र सेन्सेटिभ इन्डेक्स ३.४४ अंकले घटेको छ ।

त्यस्तै समूह सूचकहरु भने गत साताको तुलनामा यो साता १० वटा समूह सूचक आरोलो लाग्दा बाँकी ३ वटा समूह सूचक बढेको छ ।
अघिल्लो साताको तुलनामा यो साता बैकिङ ३६, वित्त ११६ , होटल र पर्यटन १६०, जलविद्युत ८१, लगानी १ अंकले घटेको छ । त्यस्तै समिक्षा अवधिमा लघुवित्त ८१,उत्पादन र प्रशोधन ४४५, लघुवित्त ११६, म्युअुचल फण्ड ०.१, व्यापार १३ र अन्य २१ अंकले घटेको छ । विकास बैंक १०२, जीबन बीमा १११ र निर्जीवन बीमा ६५९ अंकले बढेको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार