SKIP THIS

NCELL

अर्थशास्त्री तथा वामपन्थी विश्लेषक हरी रोकाको ‘वैकल्पिक अर्थतन्त्र’ पुस्तक बजारमा

काठमाडौं । अर्थशास्त्री,वामपन्थी नेता तथा लेखक हरि रोकाको पुस्तक  ‘वैकल्पिक अर्थतन्त्र’ बजारमा आएको छ । उनको यो पहिलो कृति हो बजारमा ।

आज प्रज्ञा भवनको डवलीमा एस समारोहका बीच भएको बिमोचन कार्यक्रममा पुस्तकका लेखक हरी रोकाले राजनीतिक वृत्त, नीति निर्माता, बौद्धिक जगत् र समग्र समाजबीच नेपालको अर्थ–राजनीतिबारे वैकल्पिक बहस आवश्यक भएकाले पुस्तक मार्फत बैकल्पिक अर्थतन्त्रको वहस प्रारम्भ गरेको बताए  । देशमा बहुदलीय व्यवस्था प्रारम्भभएपछि सबै क्षेत्रमा सुधार हुन्छ भन्ने ठानिएकामा यथार्थमा त्यसो हुन नसकेको र राजनीतिक स्वतन्त्रता आए पनि आर्थिक तथा सामाजिक स्वतन्त्रता मुलुकले प्राप्त गर्न नसकेको उनको कथन छ  ।

पुस्तक बिमोचमना भएको पुस्तक समिक्षामा भाग लिदै नेपपा एकीकृत समाजवादीमा  महासचिव घनश्याम भुसालले राजनीतिक तहमा अहिलेको अर्थतन्त्रका व्यावहारिक समस्या के हुन् र त्यसको समाधान कसरी खोज्न सकिन्छ भनेर निकै कम चिन्तन हुने गरेको बताए। उद्यम नगर्ने तर मुनाफा खोजीरहने प्रवृत्तिको अन्त्य नभएसम्म समाजवाद हासिल नहुने उनको भनाइ छ ।

अर्थविद्  प्राध्यापक अच्युत वाग्लेले  अर्थतन्त्रका विषयमा राजनीतिक दलहरुमा निकै कम विमर्श हुने गरेको बताउँदै अर्थतन्त्रबारे सुझबुझ भएका व्यक्तिलाई मुलुकको अर्थतन्त्र सञ्चालनको जिम्मेवारी दिइनुपर्ने बताए । विषयगत ज्ञान नभएका व्यक्तिलाई अर्थतन्त्र जिम्मा लगाउँदा त्यसले नतिजा दिन नसकेको उनको भनाइ छ । देशमा पुँजीवाद, उदारवाद, समाजवाद अथवा साम्यवाद जे भनेपनि सबै राजनीतिक दलहरु स्वार्थकेन्द्रित र भष्ट्राचारमा केन्द्रित भएको उनको भनाई छ  । रोकाको पुस्तकमा नवउदारवादलाई आलोचनात्मक ढङगले हेरिएको प्राध्यापक वाग्लले बताए । उनले नेपालको आर्थिक वसस स्थानिय तह देखि केन्द्र सम्म हुनुपर्ने नेपालका राजनीतिक पार्टी र राजनीतिक दलहरु कहिलेपनि प्राथमिकतामा आर्थिक क्षेत्र नपरेको बिषयगत मानिसको हातमा अर्थतन्त्रको बागडोर पुग्न नसककेको बताएका थिए । नेपालको आफ्नो सापेक्षताम वहस नभएको बाहिरको अर्थ व्याबस्था हुहहु लागु गर्न खोजेकोले पनि नेपालको आफ्नै ढंगो अर्ञ नीति बण्न नसककेको स्पस्ट पारेका थिए ।

राष्ट्रिय योजना आयोगका सदस्य गीता पौड्याल अधिकारीले नेपालको आर्थिक नीति निर्माण प्रक्रियाप्रति प्रश्न उठाएकी थिइन । केन्द्रमा बसेर नीति तथा कार्ययोजना बनाउने तर त्यसलाई तल्लो तहले कार्यान्वयन गर्नुपर्ने विद्यमान अवस्थाले लक्षित नतिजा हासिल गर्न चुनौतीपूर्ण रहेको उनले बताईन ।

बेला पब्लिकेशनले बजारमा ल्याएको ‘वैकल्पिक अर्थतन्त्र’ पुस्तकमा वैकल्पिक आर्थिक नीति, राज्य र अर्थतन्त्र, कृषिको रुपान्तरण र खाद्य सुरक्षा, भूमिसुधार, औद्योगिक नीति, मौद्रिक नीति, कर प्रणाली पुनर्संरचनालगायत विभिन्न १२ वटा शीर्षकमा अर्थ राजनीतिक निबन्ध संह्रगित छन् ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार