SKIP THIS

NCELL

टाईम फर्मास्युटिकल्सले आइपिओ ल्याउने

काठमाडौं । टाईम फर्मास्युटिकल्स लिमिटेडको ३० औं वार्षिक साधारण सभा २०८१ साल असोज १२ गते, शनिबार सोल्टी वेस्टेन्ड रिसोर्ट, पटिहानी, चितवनमा  बिहानको १०:०० बजे बस्ने भएको छ ।

कम्पनीको साधारणसभाले  संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आ.व. २०८०\८१ को संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने,लेखा परीक्षकको प्रतिवेदन सहितको कम्पनीको आ.व. २०८०\८८१ को वासलात र सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका संलग्न अनुसुचि उपर छलफल गरी पारित गर्ने, कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व. २०८१/८२ को लागि लेखा परीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ

कम्पनीको साधारणसभामा बिशेष प्रस्तावको रुपमा संचालक समिति पुनर्गठन गर्ने प्राथमिक शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्ने आइपिओ निश्कासनको लागि शेयर इस्यु म्यानेजर चयन गर्ने छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने, प्रबन्धपत्र र नियमावली तथा प्राथामिक शेयर निष्काशनमा गरिने संसोधन / थप उपर नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम प्रबन्धपत्र वा नियमावली संसोधन एवं परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने पर्सताव उपर छलफल गरी पारित गर्ने छ  ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार