आज घट्यो सुनको मूल्य

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा छापावाल सुनको मूल्य घटेको छ । साताको अन्तिम दिन शुक्रबार प्रतितोला १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज आइतबार १ हजार २०० रुपैयाँले घटेर प्रतितोला १ लाख ५२ हजार १०० रुपैयाँमा रहेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३० हजार ४०० रुपैयाँ कायम भएको  छ ।

यस्तै चाँदीको मूल्य स्थिर रहेको छ ।  आइतबार पनि शूक्रबार कै मूल्य अर्थात्  चाँदी प्रति तोला १ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रति तोला एक हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार