असोज ११ गते मुक्तिनाथ क्यापिटल लिमिटेडको वार्षिक साधारण सभा

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले १५औं वार्षिक साधारण सभा असोज ११ गते गर्ने भएको छ ।

साधारण सभा सिद्धार्थ बुटिक होटल बौद्ध काठमाडौंमा अपरान्ह ४ बजे शुरु हुने क्यापिटलले जनाएको छ ।
सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यस्तै सभाले ७ दशमलव ५ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । सभाले नियमावलीको नियम ३२ (ख) संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार