३ लाख ७५ हजार कित्ता शेयर बिक्री गर्दै सभापोखरी हाइड्रोपावर

काठमाडौं । सभापोखरी हाइड्रोपावर लिमिटेडले ३ लाख ७५ हजार कित्ता शेयर विक्रीमा ल्याएको छ । कम्पनीले पूँजी वृद्धि भएपछि जगेडामा रहेको उल्लेखित कित्ता शेयर प्रतिशेयर १ सय रुपैयाँमा विक्री खुला गरेको हो ।

भदौ २२ गते सूचना जारी गर्दै इच्छुक हाल कायम शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्न सक्ने जानकारी दिएको हो । आवेदन कम्पनीको केन्द्रिय कार्यालय बनस्थली, काठमाडौंमा पेश गर्नुपर्नेछ । आवेदन दिँदा कति कित्ता कुन मूल्यमा खरीद गर्न चाहेको समेत खुलाउनुपर्ने भनाई कम्पनीको छ ।

३५ दिनभित्र विद्यमान संस्थापक शेयरधनीहरूले खरीद गर्न आवेदन नदिएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री प्रक्रिया अघि बढाइने जानकारी समेत कम्पनीले दिएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार