कोरोना बीमाको दावी भुक्तानी माग गर्दै सरकार विरुद्ध बीमक संघ सर्वोच्चमा

काठमाडौं । कोरोना बीमाको दावी भुक्तानी माग गर्दै नेपाल बीमक संघ सर्वोच्च अदालत पुगेको छ । निर्जीवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघले कोरोना बीमाको दायित्व नव्यहोरेको भन्दै सरकारविरुद्ध आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको हो ।

सरकारले सम्झौता गरे अनुसार कोरोना बिमाको दाबी भुक्तानी नगरेको भन्दै सरकारलाई विपक्षी बनाएर मुद्दा दायर भएको हो । कोरोना बिमा गर्नेमा करिब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । रिटमा उक्त रकम उपलब्ध गराउन सरकारलाई आदेश दिन माग गरिएको छ ।

कोरोना बिमा २०७७ साल माघबाट सुरु भएको थियो । सरकारले कोरोना बिमाका लागि २०७८ भदौमा मापदण्ड समेत बनाएको थियो । उक्त मापदण्डमा साढे तीन अर्बभन्दा बढी रकम सरकारले व्यहोर्ने भन्ने रहेको थियो । रिट निवेदनको भोली सोमबार सुनुवाइ हुनेछ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार