साढे ४ खर्ब पुग्यो बैंक तथा वित्तीय संस्थाको ब्याज खर्च

काठमाडौं । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको ब्याज खर्च ४ खर्ब रुपैयाँ भन्दा बढी रहेको छ । गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको ब्याज खर्च ४ खर्ब ५५ अर्ब ९८ करोड रुपैयाँ रहेको थियो । जुन अघिल्लो आर्थिक वर्षभन्दा धेरै हो । अघिल्लो आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाका ब्याज खर्च ४ खर्ब २९ अर्ब २५ करोड रुपैयाँ रहेको थियो । बैंक तथा वित्तीय संस्थाले निक्षेप, बचत, मुद्दती र साधारण खाता आदिमा ब्याज खर्च व्यहोर्दै आएको पाउछौं ।

गत आर्थिक वर्षमा वाणिज्य बैंकले ३ खर्ब ९६ अर्ब १ करोड रुपैयाँ ब्याज खर्च गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा ३१ अर्ब ५९ करोड रुपैयाँ भन्दा धेरै हो । अघिल्लो आर्थिक वर्षमा वाणिज्य बैंकले ३ खर्ब ६४ अर्ब ४१ करोड रुपैयाँ ब्याज खर्च गरेको थियो । वाणिज्य बैंकले निक्षेप, बचत, मुद्दती र साधारण खाता आदिमा ब्याज खर्च बढेको जनाएको छ । अर्कोतर्फ ब्याजदर परिवर्तनले समेत ब्याज खर्च प्रभावित भएको बैंकरहरु बताउछन् ।

गत आर्थिक वर्षमा विकास बैंकहरुको ब्याज खर्च रकम भने ४८ अर्ब ७९ करोड रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा ४ अर्ब ४२ करोड रुपैयाँले कम ब्याज खर्च हो । अघिल्लो आर्थिक वर्षमा विकास बैंकहरुको ब्याज खर्च ५३ अर्ब २१ करोड रुपैयाँ रहेको थियो । त्यस्तै वित्त कम्पनीहरुको गत आर्थिक वर्षमा ब्याज खर्च ११ अर्ब १८ करोड रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४३ करोड रुपैयाँले कम हो । अघिल्लो आर्थिक वर्षमा ११ अर्ब ६१ करोड रुपैयाँ ब्याज खर्च वित्त कम्पनीहरुको रहेको छ । विभिन्न बचत तथा निक्षेप रकम बैंक तथा वित्तीय संस्थाले ब्याज सेवा प्रदान गर्छ भने त्यसलाई परिवर्तन हुने ब्याजदरले प्रभावित बनाएको हुन्छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार