काठमाडौं । ‘नेपाल विश्वविद्यालय विधेयक, २०८१’ संघिय संसदको प्रतिनिधि सभाले पारित गरेको छ । २४ भदौ २०८१ मा बसेको प्रतिनिधिसभाको बैठकले सो बिधयेक पारित गरेको हो ।
सोमवारको प्रतिनिधि सभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सो विधेयक पारित गर्न भनि राखेको प्रस्ताव सभाको वहुमतले पारित गरेको हो ।
पारित विधेयकमा नेपाल विश्वविद्यालयको कार्यालय काठमाडौं उपत्यका बाहिर रहने उल्लेख छ ।