सहकारी प्रकरणमा संसदीय छानबिनको लागि तयार छु : सांसद गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिनको लागि आफू तयार रहेको बताएका छन् ।

नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले सहकारीको रकम हिनामिनामा आफू निर्दोष रहेको स्पष्टीकरण दिएका छन् ।

मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । “विगतमा पनि म निर्दोष प्रमाणित हुँदै आएको छु । म निर्दोष छु, जसले जताबाट अनुसन्धान गरे पनि हुन्छ,” उनले भने ।

उनले आफूलाई भूतपूर्व श्रीमती ज्योति गुरुङसँग जोड्नु स्वाभाविक नभएको बताए । नेल्सन मन्डेलाको सन्दर्भ जोड्दै उनले भने, “सम्बन्धविच्छेद भइसकेपछि नैतिक, कानूनी र व्यावहारिक रूपमा पनि जोड्न मिल्दैन ।”

उनले अगाडि भने, “नेल्सन मन्डेला र उनकी श्रीमती बिनी मन्डेलाका बीचमा पनि सम्बन्धविच्छेद भएको थियो । सम्बन्धविच्छेद भएपछि पनि बिनीका केही मुद्दाहरू आए । तर, नेल्सन मन्डेलालाई त्यसबारे प्रश्न गरिएन बरु यो भनियो कि वैवाहिक सम्बन्ध कायम छँदा पनि एउटाको अपराध अर्कोलाई बोकाउनु नैतिक कानूनले मान्दैन, सम्बन्धविच्छेद भएपछि त झन् मिल्दैन ।”

सम्बन्धविच्छेद भएपछि भूतपूर्व श्रीमतीबारे जानकारी नहुने बताउदै उनले आफनो १० वर्षेयि बालक हुर्कादाँ निकै दुख गरेको समेत संसदलाई जानकारी गराए ।

गुरुङले  सहकारीको रकम हिनामिनाबारे आफूविरुद्ध प्रश्न उठाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीलाई ज्योति गुरुङसँग भएको २०७६ फागुन २९ को सम्बन्धविच्छेद नक्कली भएको प्रमाणित गर्न चुनौतीसमेत दिएका छन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार