२६३२ विन्दुमा झर्यो नेप्से, करिब ३ अर्बले घट्यो कारोबार रकम

काठमाडौं । निरन्तर आरोलो लागेको शेयर बजार साताको तेस्रो दिन पनि घटेको छ । मंगलबार नेप्से परिसूचक १३.०९ अंकले घटेर २६३२.९४ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.८० अंकले घटेर ४६७.३८ विन्दुमा पुगेर बन्द भएको छ ।

सोमबारको तुलनामा मंगलबार शेयर कारोबार रकम २ अर्ब १९ करोड ३५ लाख ३८ हजार रुपैयाँले घटेको छ । मंगलबार काराबार रकम ७ अर्ब २४ करोड ५५ लाख रुपैयाँ रहँदा सोमबार भने कारोबार रकम ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार रुपैयाँ रहेको थियो ।
मंगलबार ३२८ वटा कम्पनीको १ करोड ९० लाख ७७ हजार ५८३ कित्ता शेयर कारोबार भएको छ । मंगलदबार ६७ वटा कम्पनीको शेयर मूल्य बढ्दा १७० वटा कम्पनीको शेय मूल्य घटेको छ भने ८ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

१३ वटा समूह सूचकको सेयर मूल्य मध्ये १२ वटा समूहको शेयर मूल्य बढ्दा बाँकी अन्यको शेयर मूल्य बढेको छ । बैकिङ २, विकास बैंक ३७, वित्त ३३ , जलविद्युत २३, लगानी ०.५८, जीवन बीमा १००, उत्पादन र प्रशोधन ४९, लघुवित्त ४७ , म्युअुचल फण्ड ०.०६, निर्जीवन बीमा ५४ र अन्य समूह ९ अंकले घटेको छ भने व्यापार २९.४९ अंकले बढेको छ ।

सबैभन्दा बढी करोबार हुनेमा हाइड्रोइलेक्ट्रसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, हिमालयन रिइन्स्योरेन्स कम्पनी, सीइडीबी हाइड्रोपावार,एनएलजी इन्स्योरेन्स र अपि पावर कम्पनी रह्यो । हाइड्रोइलेक्ट्रसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको २९ करोड ८१ लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेन्स कम्पनीको २१ करोड ७६ लाख रुपैयाँ , सीइडीबी हाइड्रोपावारको २९ करोड ३४ लाख रुपैयाँ ,एनएलजी इन्स्योरेन्सको १९ अर्ब ४२ करोड रुपैषरा र अपि पावर कम्पनीको १६ करोड २० लाख रुपैयाँ बराबर कारोबार भयो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार