बैकिङ कसुर विधेयक सम्बन्धि संसदीय समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश

काठमाडौं ।  बैकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक सम्बन्धि संसदीय समितिको प्रतिवेदन, २०८१ प्रतिनिधि सभामा पेश भएको छ । मंगलवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिका सभापति सन्तोष चालिसेले सो विधेयक सम्बन्धि समितिको प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश गरेका हुन् ।

समितिले पास गरेको  प्रतिनिधिसिभामा पेश गरेको प्रतिवेदनमा कुनै व्यक्ति तथा निकायबाट हुने आर्थिक कारोबारलाई सुरक्षित र व्यवस्थित बनाई चेक अनादर सम्बन्धि कानूनी व्यवस्थालाई समयानुकूल बनाउने उद्देश्य लिइएको उल्लेख छ ।

समितिले प्रतिनिधिसभामा पेश गरेको प्रतिबेदन माथि संसदका दुबै सदनमा छलफल गरी पास  हुनुपर्नेछ  । दुवै सदनबा टपारित भएको बिधयेक पुन प्रतिनिधिसभामा आएर पास भए पश्चात सभामुख मार्फत राष्ट्रपतिले प्रमाणिकरण गरी राज पत्रमा प्रकाशित बने पश्चात कानुन  बन्ने छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार