धितोपत्र बोर्डले रोक्यो सानिमा लार्ज क्याप फण्डको प्रतिफल वितरण

काठमाडौं । सानिमा बैंक लिमिटेड कोष प्रवर्द्धक र सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सानिमा लार्ज क्याप फण्डको प्रतिफल वितरण कार्य स्थगन गरिएको छ ।

योजना व्यवस्थापक सानिमा क्यापिटलले बुधवार सूचना जारी गर्दै नेपाल धितोपत्र बोर्डको निर्देशन बमोजिम हाल उक्त योजनाको प्रतिफल वितरण गर्ने कार्य स्थगन गरिएको जानकारी दिएको हो । यस योजनाले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कर समेत १० प्रतिशत प्रतिफल वितरण गर्ने प्रस्ताव गरेको थियो ।

प्रस्तावित प्रतिफल प्रयोजनका लागि भदौ २६ गते बुक क्लोजको मिति तय गरिएकोमा सोही दिन हाललाई प्रतिफल वितरण कार्य स्थगन गरिने जानकारी गराइएको हो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार