आज पनि २२ अंकले घट्यो शेयर बजार, ३९ करोडले घट्यो कारोबार रकम

काठमाडौं । पछिल्ला दिनमा शेयर बजार निरन्तर ओरालो लागेको छ । साताको चौथो दिन बुधबार नेप्से परिसूचक २२.७३ अंकले घटेर २६१०.२१ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.३० अंकले घटेर ४६३.०७ विन्दुमा पुगेर बन्द भएको हो ।

मंगलबारको तुलनामा बुधबार कारोबार रकम ३९ करोड ४४ लाख रुपैयाँले घटेको छ । बुधबार ३१७ वटा कम्पनीको ६ अर्ब ८५ करोड ११ लाख ७९ हजार रुपैयाँ बराबर करोबार भएको छ । भने मंगलबार काराबार रकम ७ अर्ब २४ करोड ५५ लाख रुपैयाँ र सोमबार ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार रुपैयाँ रहेको थियो ।
बुधबार ६६ वटा कम्पनीको शेयर मूल्य बढ्दा १७४ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ४ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

बुधबार १३ वटा समूह सूचक मध्ये ३ वटा समूहको शेयर मूल्य बढ्दा बाँकी १० वटा समूहको शेयर मूल्य घटेको छ ।
वित्त १४, निर्जीवन बीमा ४ र लगानी ६ अंकले बढ्दा बैकिङ १४, विकास बैंक ५४, होटल र पर्यटन ४१, जलविद्युत ३०, लगानी १, जीवन बीमा २४४, उत्पादन र प्रशोधन ७२, लघुवित्त २८ , म्युअुचल फण्ड ०.०९ र अन्य समूह १२.२४ अंकले घटेको छ ।

बुधबार सबैभन्दा बढी करोबार हुनेमा सीइडीबी हाइड्रोपावार, एनएलजी इन्स्योरेन्स , ग्रीनलाइफ हाइड्रोपावर लिमिटेड, समृद्धि फाइनान्स कम्पनी र हाइड्रोइलेक्ट्रसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी रहे । सीइडीबी हाइड्रोपावारको ३४ करोड ७३ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सको २१ करोड १० लाख रुपैयाँ , ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको १९ करोड २७ लाख रुपैयाँ, समृद्धि फाइनान्स कम्पनीको १८ करोड १६ लाख रुपैयाँ र हाइड्रोइलेक्ट्रसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको १५ करोड २५ लाख रुपैयाँ कारोबार भएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार