२२ अंकले घटेको शेयर बजारमा यी हुन् २० वटा उच्च कारोबार हुने कम्पनी

काठमाडौं । पछिल्ला दिनमा शेयर बजार निरन्तर ओरालो लागेको छ । साताको चौथो दिन बुधबार नेप्से परिसूचक २२.७३ अंकले घटेर २६१०.२१ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.३० अंकले घटेर ४६३.०७ विन्दुमा पुगेर बन्द भएको हो ।

मंगलबारको तुलनामा बुधबार कारोबार रकम ३९ करोड ४४ लाख रुपैयाँले घटेको छ । बुधबार ३१७ वटा कम्पनीको ६ अर्ब ८५ करोड ११ लाख ७९ हजार रुपैयाँ बराबर करोबार भएको छ । भने मंगलबार काराबार रकम ७ अर्ब २४ करोड ५५ लाख रुपैयाँ र सोमबार ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार रुपैयाँ रहेको थियो ।
बुधबार ६६ वटा कम्पनीको शेयर मूल्य बढ्दा १७४ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ४ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

बुधबार सबैभन्दा बढी करोबार हुनेमा सीइडीबी हाइड्रोपावार, एनएलजी इन्स्योरेन्स , ग्रीनलाइफ हाइड्रोपावर लिमिटेड, समृद्धि फाइनान्स कम्पनी र हाइड्रोइलेक्ट्रसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी रहे । सीइडीबी हाइड्रोपावारको ३४ करोड ७३ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सको २१ करोड १० लाख रुपैयाँ , ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको १९ करोड २७ लाख रुपैयाँ, समृद्धि फाइनान्स कम्पनीको १८ करोड १६ लाख रुपैयाँ र हाइड्रोइलेक्ट्रसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको १५ करोड २५ लाख रुपैयाँ कारोबार भएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार