दशैं नयाँ हैन सुकिलो नोट पाइने, असोज १३ गतेदेखि वितरण सुरु

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८१ सालको बडा दशैंका लागि नयाँ नोट उपलब्ध नगराउने भएको छ। यस पटक नयाँ नोटको सट्टा सुकिलो नोट उपलब्ध गराइने भएको हो। सुकिलो नोट आगामी असोज १३ गतेदेखि असोज २२ गतेसम्म वितरण गरिने नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ।

दशैंमा माग हुने साना दरका नोट सटही केन्द्रिय बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थिति कार्यालयहरु (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी)बाट सुकिला नोट सटही गर्न सकिन्छ। साथै इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुबाट पनि सुकिलो नोट वितरण गर्ने व्यवस्था मिलाइएको केन्द्रिय बैंकले जानकारी दिएको छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार