पर्यटन बोर्डको सीईओ नियुक्तिमा सर्वोच्च अदालतबाट कारण देखाऊ आदेश जारी

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)नियुक्तिमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

न्यायाधीश कुमार चुडालको एकल इजलासले अन्तरिम आदेश नहुने भन्दै सीईओ नियुक्ति सम्बन्धी विषयमा लिखित जवाफसहित उपस्थित हुन सरकारका र विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।

सरकारले बरियताक्रम मिचेर बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त गरेको भन्दै तत्कालिन सीईओ डा. धनञ्जय रेग्मीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सरकारले गत भदौ २० गते जोशीलाई सीईओमा नियुक्ती दिएको थियो ।

तर, सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरेका कारण जोशीले काम कारवाही गर्न भने रोकिने छैन ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार