आगामी ३ दिन मनसुनी बर्षा हुने, कुन -कुन क्षेत्र छन् उच्च जोखिममा

काठमाडौं । आज साझ देखि ६  भदौ २९ बिहान ६ बजे सम्म  सम्म गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया देखि पूर्णतया बदली र बाँकी प्रदेशहरूमा आंशिक देखि साधारणतया बदली रहने छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ  ।

आज देखी  हुने मनसुनी बर्षाको कारणले कैलाली कञ्चनपुर,डडेलधुरा,डोडी बैतडी अछाम उच्च जोखिममा रहेको मौसम पुर्वानुमा महाशाखाले जनाएको छ । भने मध्यम खालको जोखिम रहेका जिल्लामा बारा पर्सा चितवन,नवलपरासी पुव,स्याङजा तनहु,अर्घाखाची रुपन्देही पाल्पा,कपिलबस्तु नवलपरासी पश्चिम,दाङ बाँके दैलेख कालिकोट सल्यान,दार्चुला,बझाङ्ग, बाजुरा रहेका छन् । यी   जिल्लामा आबशयक सतर्कता अपनाउन महाशाखाले अनुरोध  गरेको  छ ।

भारी बर्षामा  कम  जोखिम भएका जिल्लामा कोसी प्रदेश अन्तर्गत पाँचथर,मोरङ,सुनसरी,धनकुटा,उदयपुर,झापा,ईलाम, मधेश प्रदेश अन्तर्गत सिराह सप्तरी धनुषा,रौतहट सर्लाही,महोत्तरी, बागमती प्रदेशमा मकवानपुर गण्डकी प्रदेशमा म्याग्दी,बाग्लुङ,कास्की,पर्वत,स्याङजा,तनहुँ,नवलपरासी पुर्व,लमजुङ, गोर्खा रहेका छन् भने लुम्बीनी प्रदेश अन्तर्गतरुकुम पुर्व,रोल्पा, गुल्मी,प्युठान कर्णाली प्रदेश अन्तर्गत डोल्पा, मुगु,हुम्ला,जुम्ला,जाजरकोट, रुकुम पश्चिम रहेका छन्

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी तथा बाँकी प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा अति भारी बर्षाको समेत सम्भावना रहेको छ ।

वर्षाको कारण भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको र मनसुनमा रातीको समयमा पानी पर्ने सम्भावना बढि हुने गरेकोले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन-जीवन, कृषि, स्वास्थ्य, पर्यटन,सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार