लाभांश पारित गर्न सिद्धार्थ क्यापिटले बोलायो असोज १८ मा साधारण सभा

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले असोज १८ गते १३ औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको नक्सालस्थित आफ्नै कार्यालयमा दिउँसो साढे ३ बजेदेखि सभा बस्ने निर्णय गरेको हो ।

सभाले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत नगद लाभांश कर सहित वितरण प्रस्ताव पारित गर्नेछ ।

साथै गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरिनेछ । त्यस्तै सभाले चालु आवका लागि लेखापरीक्षकको नियुक्ती गरी निजको पारिश्रमिक पनि निर्धारण गर्नेछ ।

त्यस्तै गत आवमा भएको खर्च अनुमोदन र सञ्चालकको भत्ता वृद्धि गर्ने विशेष प्रस्ताव पनि सभाबाट पारित गरिनेछ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार