लक्ष्मी इक्विटी फण्ड परिपक्व,भुक्तानी कार्य सुरु गर्ने 

Garima_Business-Loan3

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेड कोष प्रबर्द्धक र लक्ष्मी सनराइज क्यापिटल मार्केट लिमिटेड योजना व्यवस्थापक रहेको लक्ष्मी इक्विटी फण्ड परिपक्व भएसँगै रकम फिर्ता भुक्तानी कार्य सुरु गरेको छ । यो योजना जेठ २८ गते परिपक्व भएको हो । परिपक्व पश्चात योजना खारेज प्रक्रियामा गएको थियो ।

सामुहिक लगानीकोष नियमावली, २०६९ बमोजिम खारेजी प्रक्रियामा गएसँगै योजनाले आफ्नो लगानीलाई तीन महिनाभित्र नगदमा परिणत गर्नुपर्ने हुन्छ । सो प्रक्रिया पुरा गरी योजनाले इकाईधनीहरूको भागमा परेको रकम फिर्ता भुक्तानी गर्न सुरु गरेको हो । हाल कायम इकाईधनीहरूले प्राप्त गर्ने फिर्ता भुक्तानी रकम प्रचलित कानून बमोजिम कर कट्टा गरी बैंक खातामानै फिर्ता भुक्तानी गरिएको जानकारी योजना व्यवस्थापकले दिएको छ ।

योजनाको अन्तिम समयसम्म कायम प्रति इकाई खुद सम्पत्ति मूल्य ११ रुपैयाँ १४ पैसामा प्रचलित कानून बमोजिम कर कट्टा गरी प्राप्त हुने रकम सम्बन्धित इकाईधनीहरूको बैंक खातामा जम्मा गर्न लागिएको हो । रकम फिर्ता भुक्तानी बैंक खातामै गर्ने भएकाले हालसम्म पनि हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगराएका इकाईधनीहरूलाई यथाशीघ्र गराउन समेत योजना व्यवस्थापकले आग्रह गरेको छ । सात वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले १२ करोड ५० लाख इकाई जारी गरेको थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार