आरविवि मर्चेन्टले बोलायो असोज १८ मा साधारण सभा

काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले नवौँ वार्षिक साधारण सभा असोज १८ गते बोलाएको छ । भदौ २४ गते बसेको कम्पनीको सञ्चालक समितिले राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा दिउँसो २ बजेदेखि बस्नेगरी सभा बोलाएको हो ।

सभाले गत आवको नाफाबाट कम्पनीको चुक्ता पूँजीको १८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण प्रस्ताव पारित गर्नेछ ।

यसका साथै गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्ने र चालु आवका लागि बाह्य लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार