राजस्वको लक्ष्य पुरा गर्ने गरी काम गर्नुस् : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले राजस्वको लक्ष्य पुरा गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । बिहीबार काठमाडौंमा भन्सार व्यवस्थापन गोष्ठमा बोल्दै पौडेलले भन्सारमा कुनै पनि दुरुपयोग स्वीकार्य नहुने भन्दै राजस्वको लक्ष्य पुरा गर्ने गरी काम गर्न निर्देशन दिएका हुन् ।

उनले गत वर्ष गरेका प्रगतिभन्दा बढी नै काम गरेर देखाउन आग्रह गरे । मुलुकको राजस्व परिचालन भए मुलुकको अर्थतन्त्र सुधार गर्न सकिने उनको भनाई छ ।

उनले भन्सार विभागका सबै कर्मचारी उच्च मनोबलका साथ काम गर्न निर्देशन समेत दिँदै भन्सारको दुरुपयोग सम्भव छैन भन्ने सन्देश दिन जरुरी रहेको उल्लेख गरे ।
अर्थमन्त्री पौडेलले सेवाग्राहीहरूप्रति मैत्रीपूर्ण व्यवहार गर्दै गुनासो आउने अवस्थाको अन्त्य गर्न पनि आग्रह गरे ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार