विजय कृष्णमूर्तिको पशुपतिको कोटिहोममा ७२ लाख ५० हजार घाटा भएको दाबी

काठमाडौं । गत साउनमा भएको ‘ऐतिहासिक श्री पशुपति कोटिहोम एवम् १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ मा घाटा भएको दाबीसहितको हिसाबकिताब सार्वजनिक गरिएको छ।

आयोजक विजय कृष्णमूर्तिले बिहीबार पत्रकार सम्मेलन गर्दै कोटिहोममा २० करोड १५ लाख ८२ हजार ४९० रुपैयाँबराबर नगद र द्रव्य दान संकलन भएको जानकारी दिए।

यस्तै, कोटिहोमका लागि २० करोड ८८ लाख ३२ हजार ७९४ रुपैयाँ खर्च भएको उनले बताए। यसअनुसार महायज्ञमा ७२ लाख ५० हजार ३०४ रुपैयाँ घाटा भएको कृष्णमुर्तिले दाबी गरे। महायज्ञमा कबोल भएको मध्ये डेढ करोडदेखि २ करोड रुपैयाँ उठ्न बाँकी रहेको समेत उनले बताए।

एक युगमा एक पटक इतिहासमै पहिलो पटक’ नाराका साथ पशुपतिको (वनकाली)  हंस मण्डपमा साउन १ गतेदेखि महिनाभर कोटिहोम भएको थियो। साउनभर चलेको महायज्ञबाट उठेको रकमले मामाघर अनाथालय आश्रम, ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम, भक्तपुरको भवन निर्माणलगायत मानवीय सेवाका लागि सहयोग जुटाउने योजना थियो। तर अहिले आयोजकले ७२ लाख घाटा भएको विवरण सार्वजनिक गरेको हो।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार