CLI

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा  

काठमाडौं ।  प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको विद्यमान संस्थापक नाममा कायम रहेको २१,९६,००० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ ।  सो शेयर खरिदको लागि बीमकको संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७ बमोजिम खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीलाई पहिलो प्राथमिकता हुने भएको हुँदा सो शेयर खरिद गर्न चाहने बिध्यमान शेयरधनीले न्युनतम २,००,००० कित्ता वा सो भन्दा बढी प्रति कित्ता न्युनतम मूल्य रु.२०३/- मा नघटने गरि शेयर खरिद गर्न आजको ३५ दिन भित्र  प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको केन्द्रिय कार्यालय कमलादी, काठमाण्डौंमा आवश्यक कागजातहरुका साथ निवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको ३५ दिन भित्र बिध्यमान शेयर धनीले शेयर खरिदको लागि लि॥त निबेदन नदिएमा शेयर बिक्रीको लागि अन्य संस्था,ब्तक्ति जो सुकैलाइ बिक्रिको प्रकृया अगाडि बढाइने कम्पनीले जनाएको छ ।

 

Leave Your Comment

Related News