सुनको मूल्यले बनायो नया इतिहाँस तोलामै बढ्यो ३ हजार

काठमाडौं । आज साताको अन्तम दिन शुक्रबार सुनको मूल्यले  हालसम्मकै उच्चता  प्राप्त गरेको छ  । हिजो बिहिबार तोलाको १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा एकैपटक ३ हजार रुपैयाँले बढेर तोलाको १ लाख ५६ हजार ३ सय रुपैयाँ पुगेको छ।

आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३४ हजार रुपैयाँ तोकिएको छ । नेपाली बजारमा आज कायम भएको सुनको मूल्य हालसम्मकै उच्च हो ।

यसअघि बुधबार सुनको मूल्य १ लाख ५३ हजार ४ सय रुपैयाँ पुगेको थियो ।

साताको कारोबारको अन्तम दिन शुक्रबार चाँदीको मुल्य पनि आज एकैपटक तोलामा ६५ रुपैयाँले बढेर तोलाको १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । आज १० ग्राम चाँदीको मूल्य १ हजार ५ सय ९४ रुपैयाँ ५० पैसा तोकिएको छ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार