१० ठूला बैंकको लेखा परीक्षण रद्द

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० ठूला बैंकको अन्तर्राष्ट्रिय लेखापरीक्षण कार्य रद्द गरेको । अन्तर्राष्ट्रिय मुद्रा कोषसँगको प्रतिबद्धताअनुसार धेरै कर्जा प्रवाह गरेका १० वाणिज्य बैंकको विदेशी अडिटरबाट लेखापरीक्षण गराउने प्रक्रिया अघि बढाएको थियो ।

लेखा परीक्षणका लागि सूचीकृत भएको कम्पनीको आर्थिक प्रस्ताव अस्वीकृत भएसँगै प्रक्रिया रद्द भएको हो ।

गत चैतमा माग गरेको आशयपत्रअनुसार ५ कम्पनी सर्टलिस्टमा परी प्राविधिक प्रस्ताव माग भएको थियो । तीमध्ये भारतको केपीएमजी मात्र आर्थिक प्रस्तावका लागि योग्य देखिएको थियो । तर केपीएमजीको आर्थिक प्रस्ताव अस्विकृत भएको हो ।

केन्द्रीय बैंकले केपीएमजीको प्रस्ताव अस्विकृत भएसँगै लेखापरीक्षण कार्य रद्द भएको जानकारी दिएको छ ।

आईएमएफले नेपालका बैंकहरुको खराब कर्जा वास्तविक नभएको, धितो मूल्यांकनसम्बन्धी विधि प्रभावकारी भएको, वित्तीय अनुशासन नभएको लगायतका प्रश्न उठाएपछि अर्थमन्त्री र गभर्नरले विदेशी स्वतन्त्र लेखापरीक्षकबाट १० ठूला बैंकको लेखापरीक्षण सुरु गर्ने प्रतिबद्धता गरेका थिए ।

कर्जा र धितो मूल्यांकनलाई विशेष प्राथमिकता दिँदै इभरग्रिनिङ, सामूहिक ऋण र जोखिमको विषयमा लेखापरीक्षण गर्ने अर्थमन्त्री र गभर्नरको प्रतिबद्धता थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार