साउनमा १० हजार बीमितले साढे एक अर्बको बीमा पोलिसी सरेन्डर गरे

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा बीमितहरुले साढे एक अर्ब रुपैयाँ भन्दा बढीको बीमा लेख समर्पण (सरेन्डर) गरेका छन् । बीमा प्राधिकरणको तथ्यांक अनुसार साउनमा १० हजार २९२ बीमा लेख मार्फत १ अर्ब ५४ करोड ११ लाख १६ हजार रुपैयाँ बराबरको बीमा लेख सरेन्डर भएको छ ।

बीमा लेख सरेन्डरको आधारमा (एलएआईसी) लाइफ इन्स्यारेन्स कर्पोरेशन (नेपाल) शीर्ष स्थानमा छ। साउनमा एलआईसीका २ हजार ७१५ बीमितले ५१ करोड ३४ लाख ३१ हजार रुपैयाँ बराबरको बीमा लेख सरेन्डर गरेका छन् ।

बीमा लेख सरेन्डरको संख्यामा भने नेपाल लाइफ इन्स्योरेन्स अग्र स्थानमा देखिन्छ । नेपाल लाइफ इन्स्योरेन्सका २ हजार ७३१ बीमितले ४८ करोड ४१ लाख ३१ हजार रुपैयाँ बराबरको बीमा लेख सरेन्डर गरेका छन् ।

सबैभन्दा कम बीमा लेख सरेन्डर सन नेपाल लाइफ इन्स्योरेन्सको छ । सन नेपाल लाइफ इन्स्योरेन्सका ६९ बीमितले ५७ लाख ८ हजार रुपैयाँ बराबरको बीमा लेख सरेन्डर गरेका छन् ।

साउनमा एसियन लाइफ इन्स्योरेन्सका बीमितले पनि १३ करोड ५५ लाख ५३ हजार रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका छन् । राष्ट्रिय जीवन बीमा कम्पनीका बीमितले ७ करोड ८७ लाख ८९ हजार रुपैयाँ, नेशनल लाइफका बीमितले ६ करोड ३८ लाख ८ हजार रुपैयाँ, सूर्यज्योति लाइफका बीमितले ५ करोड ८५ लाख ६८ हजार रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका छन् ।

त्यस्तै मेट लाइफका बीमितले ४ करोड ४९ लाख ३५ हजार रुपैयाँ, सानिमा रिलायन्सका बीमितले २ करोड ६६ लाख ३९ हजार रुपैयाँ, आईएमई लाइफका बीमितले २ करोड ८८ हजार रुपैयाँ, सिटिजन्स लाइफमा १ करोड ५९ लाख ४९ हजार रुपैयाँ, रिलायवल नेपाल लाइफ इन्स्योरेन्सका बीमितले १ करोड २१ लाख ५५ हजार रुपैयाँ र

प्रभु महालक्ष्मीका बीमितले १ करोड पाँच लाख ८९ हजार रुपैयाँको पोलिसी सरेन्डर गरेका छन् ।

१४ वटा बीमा कम्पनीहरुले साउन महिनामा संकलन गरेको जम्मा बीमा शुल्कको ८.३१ प्रतिशत रुपैयाँ सरेन्डर भएको छ । १४ वटा जीवन बीमा कम्पनीहरुले साउन महिनामा १८ अर्ब ५३ करोड ७९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार