ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ द्धारा लाभांश घोषणा

Garima_Business-Loan3

काठमाडौं । ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ ले गत आर्थिक वर्ष ०८०/८१ को लाभांश (प्रतिफल) घोषणा गरेको छ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित यस योजनाले गत वर्षको मुनाफबाट कर समेत ५ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको हो ।

भदौ २८ गते विहान ८ बजे बसेको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले ५ करोड १२ लाख ८८ हजार १८० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको जानकारी नेप्सेमार्फत गराएको छ । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले प्रतिफल प्रयोजनका लागि भने बुक क्लोजको मिति तय गर्न बाँकी छ ।

बुक क्लोजको मितिका आधारमा योजनाको प्रतिफल प्राप्त हुनेछ । यस योजना सञ्चालनका लागि १० करोड २५ लाख ७६ हजार ३६० इकाई जारी गरिएको थियो । असार मसान्तसम्म योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य १० रुपैयाँ ५७ पैसा रहेको छ । सो अवधिसम्म यस योजनाले ५ करोड १५ लाख रुपैयाँभन्दा बढी नाफा गरेको थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार