साताको शेयर : निरन्तर गिरावटामा करोबार र बजार पूँजीकरण रकम

काठमाडौं ।  गत साता कारोबार र बजार पूँजीकरण रकममा गिरावटा आएको शेयर बजारमा यो साता पनि सोहि अवस्था देखिएको छ । यो साता अघिल्लो सातको तुलनामा कारोबार रकम १७ अर्ब ९४ करोड ९० लाख रुपैयाँले कमी आएको छ । यो साता शेयर बजारमा कारोबार रकम ४१ अर्ब ८२ करोड ७५ लाख रुपैयाँ पुग्दा गत साता कारोबार रकम ५९ अर्ब ७७ करोड ६६ लाख रुपैयाँ रहेको थियो । त्यस्तै बजार पूँजीकरण रकममा समेत कमी आएको छ । गत साताको तुलनामा यो साता बजार पूँजीकरण रकम ६१ अर्ब ५२ करोड रुपैयाँले घटेको छ । यो साता शेयर बजारमा बजार पूँजीकरण रकम ४२ खर्ब ७४ अर्ब ९७ करोड ७५ लाख रुपैयाँ पुग्दा गत साता बजार पूँजीकरण रकम ४३ खर्ब ३६ अर्ब ४९ करोड ९४ लाख रुपैयाँ रहेको थियो । अघिल्लो साता (भदौ१६ देखि २२सम्म) भने कारोबार रकम कारोबार रकम ४ अर्ब ५८ करोड ३३ लाख रुपैयाँले र बजार पूँजीकरण रकम ३० अर्ब ३८ करोड ६६ लाख रुपैयाँले घटेको थियो ।

कारोबार रकम र कुल बजार पूँजीकरण रकममा कमी आउँदा कारोबार कित्ता समेत प्रभावित बनेको अर्थात् घटेको छ । अघिल्लो साताको तुलनामा यो साता कारोबार कित्ता १३ करोड ७५ लाख ६३ हजार ३५२ ले घटेको हो । यो साता ९ करोड ७२ लाख ५१ हजार २९६ शेयर कित्ता कारोबार हुदाँ गत साता १३ करोड ४८ लाख १४ हजार ६४८ शेयर कित्ता कारोबार भएको थियो । अघिल्लो साताको तुलनामा नेप्से परिसूचक ३८.८६ अंकले र सेन्सेटिभ इन्डेक्स ९.८८ अंकले घटेको छ ।

त्यस्तै समूह सूचकहरु भने गत साताको तुलनामा यो साता ११ वटा समूह सूचक आरोलो लाग्दा बाँकी २ वटा समूह सूचक बढेको छ । अघिल्लो साताको तुलनामा यो साता लगानी १ र म्युअुचल फण्ड ०.१ अंकले बढेको छ । अघिल्लो साताको तुलनामा यो साता बैकिङ ३५, विकास बैंक १६७, वित्त २८ , होटल र पर्यटन १६९, जलविद्युत १८ अंकले घटेको छ । त्यस्तै समिक्षा जीबन बीमा ४२७, उत्पादन र प्रशोधन २५, लघुवित्त ५३, निर्जीवन बीमा २९४, व्यापार ०.३७ र अन्य समूह ७ अंकले घटेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार