एनपीएल : लक्की ड्रमार्फत् मार्की खेलाडीको टिम छनोट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)का निम्ति मार्की खेलाडीको टिम छानिएको छ ।

शनिबार काठमाडौंमा नेपाल क्रिकेट संघ (क्यान)ले लक्की ‘ड्र’मार्फत् मार्की खेलाडीको टिम छनोट गरेको हो ।

लक्की ड्र अनुसार राष्ट्रिय टीमका कप्तान रोहितकुमार पौडेल टिम लुम्बिनीको मार्की खेलाडी बनेका छन् ।

 

यस्तै, सन्दीप लामिछाने विराटनगर, दीपेन्द्रसिंह ऐरी सुदुरपश्चिम, करण केसी काठमाडौं, कुशल भुर्तेल पोखरा, आसिफ शेख जनकपुर र सोमपाल कामी कर्णाली र कुशल मल्ल चितवनका निम्ति मार्की खेलाडी बनेका छन् ।

मार्की खेलाडीको न्यूनतम मूल्य २० लाख रुपैयाँ तोकिएको क्यानले जनाएको छ । पहिलो संस्करणको एनपीएल आउँदो पुस १५ देखि पुस ६ सम्म काठमाडौंमा हुँदैछ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार