डिजिटल माध्यमबाट रकम ट्रान्सफर गर्दा साना  कारोबार निशुल्क हुने

काठमाडौं । प्रधानमन्त्री के पि शर्मा ओलीले साना डिजिटल कारोबार निशुल्क गर्ने बताएका छन् । उनले भनेका छन् फेसबुकको म्यासेन्जरमा ट्रान्सफर गर्दा लाग्ने गरेको अतिरिक्त चार्जबारे फेसबुकका साथीहरुबाट सुझावहरु आइरहेका छन् यसलाई कसरी निशुल्क गर्ने भन्ने बिषयमा सम्बन्धित अधिकारी सँग छलफल गरेर निशुल्क गर्ने बताएका छन् ।

उनले आज बिहान आप्नो फेसबुक पेजमा स्टाटा लेख्दै सो कुराको जाकारी दिएका हुन् । उनी लेख्छन” शुभ बिहानी ! हिजोआज फेसबुकको इन्बक्समा मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने गरेको अतिरिक्त चार्जबारे फेसबुकका साथीहरुबाट सुझावहरु आइरहेका छन् । आजभोलि हामी धेरैजसो डिजिटल माध्यमबाट रकम ट्रान्सफर गर्ने गरेका छौं । इन्टरनेटको सहजताले होला, सानोसानो कारोबारमा पनि हामी क्यासलेस गर्न अभ्यस्त छौं । जाजरकोटका अबिन बिके लेख्नुहुन्छ– ‘अहिले म दैनिक रुपमा सय/पचास रुपैयाँका कारोबार दिनमा ५/६ पटक गर्छु र त्यहाँ हरेक पटक लाग्ने ११ रुपैयाँ ३० पैसा चार्जले मेरो दैनिक रुपमा ६०/७० रुपैयाँ खर्च हुन्छ । यसरी महिनामा मेरो दुई हजार देखि २२ सय सम्म खर्च हुन्छ, यो कसरी हटाउने होला !’ साना डिजिटल कारोबार गर्दा निशुल्क गर्ने विषयमा म सम्बन्धित अधिकारीसँग छलफल गर्दै छु । तपाईंहरुका समस्या सरकारलाई यसरी नै जानकारी गराउनु होला । हामीलाई सधैं झकझकाउनुहोस् । सरकारले त्यसतर्फ काम गर्दै जाने छ ।”

गत साउन १ गतेबाट डिजिटल कारोबार गर्दा भ्याट रकम पनि थप भएर उपभोक्ता थप मारमा परेका छन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार