स्मार्ट दाईको सेवा सुरु घरायसी सरसफाइका काम गर्न सहज हुने

काठमाडौं । स्मार्ट दाई एप्लिकेसनको माध्यमवाट इलेक्ट्रिसियन सेवा, नेटवर्किङ्, कम्प्युटर, टिभि, वासिङमेसिन,फ्रिज, एसि लगायतका इलेक्ट्रोनिक तथा इलेक्ट्रिक उपकरणको मर्मत, प्लम्विङ सेवा, सेफ्टी ट्याङकी सफाई, रुफट्याङ्क सफाई, फोटोग्राफि, भिडियोग्राफि सेवा, पेष्ट कन्ट्रोल, कर्पोरेट क्लिनिङ लगायतका विभिन्न घरायसि तथा कर्पोरेट सेवाहरु प्राप्त गर्न सकिने सेवाको सुरुवात भएको छ   । यो एप्लिकेसनले सेवाग्राही र सेवा प्रदायकलाई एक आपसमा जोड्ने सम्बन्धसेतुको कार्य गर्ने कम्पनीको दावी रहेको छ  ।

उक्त एप्लिकेसन प्लेस्टोर तथा एप स्टोरवाट सजिलै डाउनलोड गरी एन्ड्रोइड तथा आइओएस दुवैमा उपलब्ध रहेको छ  ।

एप्लिकेसनको प्रयोगवाट विशेष गरी शहरीक्षेत्रमा यस्ता घरायसी र कर्पोरेट सेवा प्रदायकले ग्राहक नपाउने र सेवाग्राहीले सेवा प्रदायक नपाउने समस्या समाधान गरी सेवाप्रवाहलाई छिटो छरीतो वनाई प्रयोगकर्ताको मन जित्न सफल हुने कम्पनीको विस्वास लिएको बताएको छ  ।

२०८१  भदौ २९ गते बाट एप्लिकेसनको औपचारिक  शुरुवात भएको छ । स्मार्टदाई एपलाई निरन्तर रुपमा परीमार्जन गरी प्रयोगकर्ता मैत्री र विस्वसनीय बनाउदै गुणस्तरीय सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

सूचना प्रविधि कम्पनीको रुपमा वि.स. २०८० सालमा स्मार्ट दाई लिमिटेडको स्थापना  पव्लिक कम्पनी स्थापना गरेर काम सुरु गरेको हो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार