महँगीयो सुन, मूल्य हालसम्म कै उच्च

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो ।

शुक्रबार प्रतितोला १ लाख ५६ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आइतबारका लागि १ लाख ५६ हजार ८०० रुपैयाँ तोकिएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

यस्तै, आइतबार चाँदीको मूल्य प्रतितोला ४० रूपैयाँले वृद्धि भएको छ । शुक्रबार प्रतितोला १ हजार ८६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि १ हजार ९०० रुपैयाँ तोकिएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार