एभरेष्ट बैंकको साधारण सभा असोज २० गते, ८ गते ‘बुक क्लोज’

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको साधारण सभा असोज २० गते हुने भएको छ । आर्थिक वर्ष २०८०८१ को साधारण सभा गर्ने प्रयोजनका लागि साधारण शेयरको शेयरधनी दर्ता किताब बन्द ‘बुक क्लोज’ भने असोज ८ गते गरिने भएको छ ।

साधारण सभाले नगद लाभांश र बोसन शेयर वितरणको बारेमा निर्णय गर्नेछ । बैंकले सभामा नगद लाभांश बापत (कर प्रयोजन समेत) ५.५३ प्रतिशत अर्थात् ६५ करोड ७ लाख ६५ हजार ८५ रुपैयाँ र बोनस शेयरवापत् १० प्रतिशत अर्थात् १ अर्ब १७ करोड ६७ लाख ९० हजार ३८८ रुपैयाँ प्रस्ताव गर्ने निर्णय गरेको छ ।

हाल बैंकको चुक्ता पूँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार ८८० रुपैयाँ रहेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार